काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा प्रििनधि सभा सांसद् रवि लामिछानेले देशको अर्थतन्त्र अहिले असाधारण अवस्थामा रहेको बताउनु भएको छ । बजेट अधिबेशनको दोस्रो दिनको बैठकमा बोल्दै लामिछानेले नेपालको अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो,‘विगतका वर्षमाझैं गरिनेछले भरिएको तात्विक रुपमा विगतका वर्षहरूभन्दा फरक फरक नरहेको दस्तावेज अर्थमन्त्रीज्यूले प्रस्तुत गर्नुभयो।यो दस्तावेजमा केहि शब्द र वाक्यको हेरफेर गरि प्रस्तुत गरिने नियमित कर्मकाण्डीका रुपमा आएको छ ।’
बजेटमा गर्छौं भन्ने हो भने त्यो गरेरै छाड्नुपर्ने भन्दै आशाका पुलिन्दामात्रै पस्किन नहुने उहाँको भनाइ छ।‘यदि गरिएन भने किन ? भएन त्यो सार्वजनिक हुनुपर्छ । गरिनेछले मात्रै भरिएको छ यो दस्तावेज’ उहाँले भन्नुभयो । उहाँले सरकारको प्रक्षेपण गर्ने अवस्था एकदमै कमजोर रहेको बताउनु भयो ।