काठमाडौं। प्रतिनिधि सभा सदस्यको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्न–उत्तर गरिने भएको छ। आज बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था समितिको बैठकमा जेठ पहिलो साता प्रधानमन्त्री प्रचण्डसँग प्रश्न–उत्तर गर्ने समझदारी भएको हो।
कानुन मन्त्री धनराज गुरूङसँग र मुख्य सचेतकहरूसँग छलफल गरी मिति तय गर्न लागेको हो। यस्तै कार्यव्यवस्था समितिको बैठकमा एमालेका मुख्य सचेतक पदम गिरीले प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिन आएको दिनबाहेक अरू दिन संसदमा उपस्थित नभएको टिप्पणी गर्नुभएको थियो ।
यसक्रममा सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउनुपर्ने बताउनु भएको छ। सांसदहरू सरकार बनाउनमा भुलेको पनि उहाँको टिप्पणी छ ।