Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

शरणार्थी प्रकरणमा भीभीआइपीमाथि पक्राउ पूर्जी जारी हुँदा दलहरुमा तरङ्ग,ओली प्रचण्डसँगै शसंकित(खासखबर)

शरणार्थी प्रकरणमा भीभीआइपीमाथि पक्राउ पूर्जी जारी हुँदा दलहरुमा तरङ्ग,ओली प्रचण्डसँगै शसंकित(खासखबर)

  • शनिवार, बैशाख २३ २०८०

  • 816
    SHARES

  • शरणार्थी प्रकरणमा भीभीआइपीमाथि पक्राउ पूर्जी जारी हुँदा दलहरुमा तरङ्ग,ओली प्रचण्डसँगै शसंकित(खासखबर)

    काठमाडौं।नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहमा संलग्नहरु ध्माधम पक्राउ परिरहेका छन् । केहीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ । तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार ईन्द्रजित राईदेखि बहालवाला सचिव टेकनारायण पाण्डे प्रहरी हिरासतमा रहेका छन् । यसै प्रकरणमा अभियोग लागेका एमालेका सचिव टोपबहादुर रायमाझी प्रहरीको फरार सूचीमा रहेका छन् भने उनका छोरा सन्दीप प्रहरी हिरासतमा छन् ।

    पक्राउ पूर्जी जारी भइसकेपछि अर्घाखाँचीबाटै बैपत्ता भएका रायमाझीलाई एमालेले संरक्षण गरेको आरोप लागेको छ । पछिल्लो समय एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाटलाई बाक्लो बनाएका छन् । आजै पनि ओलीले रायमाझीको विषयमा प्रचण्डसँग चासो राखेका थिए ।

    प्रचण्डसँगको भेटपछि बाहिरिएका ओलीलाई सञ्चारकर्मीहरुले रायमाझीको बारेका प्रश्न गरेका थिए । ओलीले भने रायमाझी आफ्नो सम्पर्कमा नरहेको र बचाउन पनि नलाग्ने प्रतिक्रिया दिएका थिए ।

    यता, नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो पार्टीका शीर्ष नेताहरू नै मुछिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारमाथि दबाब बढाएको आरोप लागेको छ । पछिल्ला तीन दिनमा अध्यक्ष ओली सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेको दोस्रो पटक हो । यस प्रकरणमा पार्टीका सचिव तथा सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने उपाध्यक्ष रामबहादुर थापाको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ । नेपाली कांग्रेसले पनि यस्तो विषयमा गम्भीर भएर छानबिन गर्नुपर्ने दृढता कायम राखेको नेता रामहरि खतिवडाले बताउनुभयो ।

    सन् १९९० मा भुटानबाट लखेटिएर आएका व्यक्तिहरु भारत हुँदै नेपाल प्रवेश गरेर झापा र मोरङमा बसेका थिए । सरकारी तथ्यांक अनुसार तेस्रो मुलुक पुनर्वास अघि यसरी आउनेको संख्या करिब १ लाख २० हजार पुगेको थियो । तीमध्ये सन् २०१८ सम्ममा १ लाख १३ हजार ३०७ जना तेस्रो मुलुक पुनस्थार्पना भएका थिए । तीबाहेक भुटानी शरणार्थीका रुपमा दर्ता भएका ६ हजार ५७७ जना अझै नेपालको शिविरमा छन् ।

    विगतमा नेपाल र भुटानको संयुक्त ‘भेरिफिकेसन टिम’ले इलाका प्रशासन कार्यालय, दमकमा गरेको सहमतिका कागजातहरु अध्ययन गर्ने, भुटानी शरणार्थीहरुको व्यवस्थापन गर्ने सम्बन्धमा वैकल्पिक उपाय र सुझाव दिने कार्यदेश पनि थियो । तर यता नक्कली शरणार्थी खडा गर्ने गिरोहका कारण पनि काम प्रभावित बनेको थियो ।

     


    शनिवार, बैशाख २३ २०८००८:१९:१६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij