काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। आज सिंहदबारमा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड भेट्न पूर्वप्रधानमन्त्री ओली पुग्नुभएको हो ।
शीर्ष नेताहरु भुटानी शरणार्थी प्रकरण मुछिएपछि प्रधानमन्त्रीसँग ओलीबिचको भेट बाक्लिदैं गएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा सांसद टोपबहादुर रायमाझीविरूद्ध पक्राउ पुर्जी जारी भइसके पछि ओलीले नफसाईदिन प्रचण्डलई फकाउदै आउनु भएको छ।
एमालेले यसअघि नै निष्पक्ष छानविन गर्नुपर्ने र राजनीतिक प्रतिशोधका आधारमा एमालेका नेतालाई पक्राउ गर्ने तर उक्त प्रकरणमा परेका सत्ता गठबन्धनका नेतालाई जोगाउने नीति लिए सह्य नहुने चेतावनी दिइसकेको थियो।
यस्तै आजको ओली प्रचण्डको छलफलमा समसामयिक, राजनीतिक, आगामी आर्थिक वर्षको बजेटबारे थप छलफल भइरहेको बालुवाटार स्रोतले जनाएको छ। आइतबारबाट बजेट अधिवेशन सुरु हुँदै छ।