काठमाडौं। नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक वैशाख २६ गतेका लागि तय भएको पार्टी केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिनुभयो । अधिकारीका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा नै बस्नेछ ।
त्यस्तै, वैशाख २५ गतेका लागि केन्द्रीय कार्यालयको बैठक पनि बोलाइएको छ । एमालेले यही वैशाख २९–३१ गते झापामा केन्द्रीय कमिटी बैठक बोलाएको छ।सचिवालय बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी र समसामयिक विषयमा छलफल हुने अधिकारीले जानकारी दिनुभयो ।
“केन्द्रीय कमिटी बैठकको तयारी र समसमायिक विषयमा छलफलका लागि बैठक बोलाइएको हो,” उहाँले भन्नुभयो। केन्द्रीय कमिटी बैठकमा ग्रास रुट अभियानको समीक्षा गर्ने एमालेको तयारी छ ।