Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने कांग्रेसको तयारी

नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने कांग्रेसको तयारी

  • शुक्रवार, बैशाख २२ २०८०

  • 407
    SHARES

  • नेविसंघ र तरुण दललाई आजै पूर्णता दिने कांग्रेसको तयारी

    काठमाडौं। नेपाली कांग्रेसले पार्टीका दुई प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेपाल तरुण दललाई पूर्णता दिने तयारी गरेको छ। त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते देशभरका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनको मिति तोकेसँगै कांग्रेसले विद्यार्थी संस्था नेविसंघ र तरुण दललाई पूर्णता दिन लागेको हो।

    कांग्रेस सभापति शेरबहादुर देउवाले नेविसंघका अध्यक्ष दुजाङ शेर्पा र तरुण दलका अध्यक्ष विद्वान गुरुङसँग छलफल गरेर चाँडो कार्यसमितिलाई पूर्णता दिन निर्देशन दिइसक्नु भएको छ । नेविसंघका अध्यक्ष शेर्पाले नेविसंघ र तरुण दललाई एक हप्ताभित्र पूर्णता दिनेबारे सभापति देउवासँग छलफल भएको जानकारी दिनुभयो।

    कांग्रेसले विसं २०७८ चैतमा नेविसंघको अध्यक्षमा शेर्पा र तरुण दलको अध्यक्षमा गुरुङलाई जिम्मेवारी दिएपनि त्यसपछि भने कार्यसमिति विस्तार हुन सकेको छैन। कांग्रेसले अधिकांश भ्रातृ संस्थाको समयमै महाधिवेशन गर्न सकेको छैन।

    कांग्रेसले केही भ्रातृ संस्थामा अध्यक्ष मात्रै तोकेको भएपनि अधिकाशं भ्रातृ संस्था नेतृत्वविहीन बन्न पुगेका छन्। कांग्रेसले अध्यक्षको जिम्मेवारी दिएका भ्रातृ संस्थाको निर्वाचन छ महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएपनि कुनै पनि भ्रातृ संस्थाले समयमा महाधिवेशन गर्न सकेका छैनन्।


    शुक्रवार, बैशाख २२ २०८००२:४९:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij