Aug 12 2026 | २०८३, श्रावण २७ गते

२०८३, श्रावण २७ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणमा एमालेका भीभीआइपीको संलग्नता, एमाले सशंकित (खासखबर)

नक्कली शरणार्थी प्रकरणमा एमालेका भीभीआइपीको संलग्नता, एमाले सशंकित (खासखबर)

  • बिहिवार, बैशाख २१ २०८०

  • 970
    SHARES

  • नक्कली शरणार्थी प्रकरणमा एमालेका भीभीआइपीको संलग्नता, एमाले सशंकित (खासखबर)

    काठमाडौं। नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम असुली प्रकरणमा नेपाल प्रहरी यतिबेला हाई प्रोफाईलका व्यत्तिहरुको खोजीमा जुटेको छ। प्रहरीले हालसम्म सोही गिरोहमा संलग्न आठ जनालाई पक्राउ गरी अनुसन्धानको दायरामा पनि ल्याइसकेको छ। पक्राउ पर्ने र अनुसन्धानमा तानिनेहरुमा कुनै समय राज्यको वागडोर सम्हालेका पूर्व उपप्रधानमन्त्री, मन्त्री, मन्त्रीका परिवार र आफन्तदेखि बहालवाला सचिव, उपसचिव सम्मका रहेका छन् ।

    हाईप्रोफाईलहरुमा हेर्दा तत्कालीन माओवादी केन्द्रका नेता तथा उर्जामन्त्री, वर्तमान नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी, तत्कालीन गृहमन्त्री तथा हालका एमालेकै उपाध्यक्ष रामबहादुर थापा बादलका सल्लाहकार डा इन्द्रजीत राई, एमालेकै नेताहरु केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ लगायतका पूर्व माओवादीहरुको संलग्नता पुष्टि भएको छ ।

    प्रहरीका अनुसार यिमध्ये टोपबहादुरबाहेक अन्य पक्राउ परेका छन् भने पक्राउ पुर्जी जारी भएका अझै केही व्यक्तिहरुको खोजी भइरहेको छ । प्रहरीकाअनुसार उनिहरुविरुद्ध अहिलेसम्म एक सय ६ जनाले २० वटा उजुरीमार्फत कूल रु २३ करोड २५ लाख ठगी भएको उजुरी दिएका छन्। यद्यपि पीडितको संख्या भने यतिमात्रै नभएको र दैनिकरुपमा पीडितहरु थपिँदै जाने प्रहरीको अनुमान छ।

    हाल उजुरीमा उल्लेख भएका व्यक्तिमाथि अहिले पनि अनुसन्धान जारी छ ।यसैविचमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने दोषी उम्किन नहुने तर निर्दोष फस्न नहुने बताउनु भएको छ। बहालवाला सांसदमाथि गरेको व्यवहारले शंका उव्जाएको उहाँको भनाइ छ। यस्तै एमालेकै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पनि रायमाझीले आफ्नो संलग्नता नभएको बताएको जिकिर गर्नुभयो।उहाँले पक्राउभन्दा अनुसन्धानलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।

    खासगरी २०७७ सालदेखि ठगी अभियान चलाएको गिरोहविरुद्ध पहिलोपटक गत जेठमा उजुरी परेपछि मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ १० महिनापछि गत चैत १२ गते पक्राउ परेका थिए । त्यसलगत्तै सन्देश शर्मा पोखरेल र सागर थुलुङ पक्राउ परे ।

    उनीहरुकै बयानका आधारमा प्रहरीले गत १९ गते तत्कालीन गृहमन्त्री बादलका राजनीतिक सल्लाहकार डा.इन्द्रजीत राई, हिजो तत्कालीन गृहसचिव हाल उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे र पूर्वऊर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई पक्राउ गरेको छ, भने टोपबहादुर र डा.राईका छोरा नीरजमाथि खोजी जारी रहेको प्रहरीले बताएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले यो प्रकरणमा अहिलेसम्म सवा सय बढी व्यक्तिबाट २० वटा जाहेरी परेपछी ४० दिनयताको निरन्तर अनुसन्धानले ८ जना व्यक्ति पक्राउ परिसकेको र थप १०÷१२ जना व्यक्तिलाई पक्राउ गर्नुपर्ने प्रारम्भिक अवस्था रहेकोले अनुसन्धान तिब्र पारिएको पुष्टी गर्नुभयो। अनुसन्धान जारी रहेको र अझै १०÷१२ जना पक्राउ पर्न सक्ने आँकलन प्रहरीको छ ।

    गिरोहले सरकारी लोगोसमेत प्रयोग गरी शरणार्थी परिचयपत्र बनाएको र नाम दर्ता गर्नेबाट १५ देखि २० लाख असुलेको खुलेको छ। यो गिरोहमा सिमित व्यक्तिको संलग्नता होला भन्ने कुराको कल्पना मात्रै पनि सकिदैन तसर्थ यस्तो देशद्रोही क्रियाकलापमा संलग्न जुनसुकै भिभिआईपिको संलग्नता पाईए पनि कानुनी कठघारामा उभ्याउनैपर्छ। यसका लागी आरोपीलाई संरक्षण नभै प्रहरीको अनुसन्धानमा सहयोग गर्नु सबै राज्यका निकाय, राजनैतिक दल तथा उच्च पदस्थदेखी सबै व्यक्तिको दायित्व र जिम्मेवारी हो।।


    बिहिवार, बैशाख २१ २०८००८:००:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij