Aug 14 2026 | २०८३, श्रावण २९ गते

२०८३, श्रावण २९ गते
  • यो साता चर्चामा :
images

'इमान्दार टोपबहादुरलाई मुछ्नु शंकास्पद छ, फसाउन खोजे सहँदैनौं ': केपी ओली

'इमान्दार टोपबहादुरलाई मुछ्नु शंकास्पद छ, फसाउन खोजे सहँदैनौं ': केपी ओली

  • बिहिवार, बैशाख २१ २०८०

  • 711
    SHARES

  • 'इमान्दार टोपबहादुरलाई मुछ्नु शंकास्पद छ, फसाउन खोजे सहँदैनौं ': केपी ओली

    काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउनु भएको छ। आज सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालय पुगेर ओलीले पार्टी सचिव टोपबहादुर रायमाझीको पक्राउ पुर्जी जारी सम्बन्धमा गम्भीर हुन ध्यानाकर्षण गराउनु भएको हो।

    ओलीले एमाले नेता रायमाझीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछाइएकोप्रति शंका व्यक्त गर्नुभयो, उहाँले भन्नुभयो, 'यो तानिएको हो कि तनाइएको हो। अध्ययन गर्दैछु। एमालेले यो विषयमा सहयोग गर्छ,'।

    तर निर्दोषलाई फसाउन खोजिए आफूहरु नसहने ओलीको चेतावनी छ। 'पार्टीका नेतालाई बाटोमा हिँड्दा हिँड्दै समाउनुपर्ने कुरा रहस्यपूर्ण छ। कतै उम्केर भागेर जाने खालको त होइन, उहाँले बहालवाला सांसद, पटकपटक मन्त्री भइसकेका नेतालाई बाटोमा हिँड्दा हिँड्दै च्याप्पै समात्नु रहस्यपूर्ण भएकोसमेत बताउनु भयो।

     


    बिहिवार, बैशाख २१ २०८००३:५४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij