काठमाडौं।परराष्ट्रमन्त्री नारायणप्रकाश साउद(एनपी)बेलायत प्रस्थान गर्नुभएको छ।बेलायतका नयाँ राजा चार्ल्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी हुनका लागि मन्त्री साउद बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
उक्त राज्याभिषेकमा राष्ट्रपति रामचन्द्र पौडेल जाने यसअघि नै तय भएपनि स्वास्थ्यका कारण अन्तिममा स्थगित भएको थियो। स्वास्थ्यका कारण राष्ट्रपति पौडेल बेलायत जान नसक्नु भएपछि सरकारले परराष्ट्रमन्त्री साउदलाई बेलायत पठाएको हो।
परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो। साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत प्रस्थान गर्नुभएको छ। उहाँ वैशाख २६ गते स्वदेश फर्किनु हुने कार्यक्रम छ।