Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपतिबाट शपथ ग्रहण गर्दै

नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपतिबाट शपथ ग्रहण गर्दै

  • बिहिवार, बैशाख २१ २०८०

  • 303
    SHARES

  • नवनियुक्त मन्त्रीहरूले आज राष्ट्रपतिबाट शपथ ग्रहण गर्दै

    काठमाडौं । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण आज विहीबार हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिसमा बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले ३ जना मन्त्री नियुक्त गर्नुभएको थियो ।

    तीनैजना मन्त्री नेपाली कांग्रेसबाट नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरु धनराज गुरुङ, मोहन बस्नेत र डिगबहादुर लिम्बु हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले शपथ ग्रहण गराउन लाग्नुभएको हो ।

    नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोह बिहीबार दिउँसो ३ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नवनियुक्त मन्त्रीमध्ये गुरुङले कानुन, बस्नेतले स्वास्थ्य र लिम्बुले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेबारी पाएका छन् ।


    बिहिवार, बैशाख २१ २०८००७:०२:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij