Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

  • बुधवार, बैशाख २० २०८०

  • 449
    SHARES

  • प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्छ  : माधव नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने बताउनुभएको छ ।

    आज बिहान सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो । गठबन्धन टिकाउने हो भने सबैलाई सम्मानजनक व्यवहार हुनुपर्ने नेता नेपालको भनाइ छ ।

    कर्णाली प्रदेशमा आफ्नो पार्टीलाई सत्ता गठबन्धनले बेवास्ता गरेको आरोप लगाउँदै नेता नेपालले सरकारमा एकलौटी गर्न खोजिएको र आफूहरुलाई बाइपास गरेर पीडा दिइएको बताउनुभयो ।

    भ्रष्टाचार, सबै खालका विकृतिबाट टाढा रहने र अरू भन्दा भिन्न देखिन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिइएको पनि नेता नेपालको भनाइ छ ।

    आफू प्रधानमन्त्री हुँदा राज्यसत्ताको कुनै दुरुपयोग नगरेको बताउँदै नेपालले देश विकासका निमित्त आफ्नो कार्यकालमा महत्त्वपूर्ण काम भएको दाबी गर्नुभयो ।


    बुधवार, बैशाख २० २०८०१०:४१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij