Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई विश्वासको मत

  • मंगलवार, बैशाख १९ २०८०

  • 379
    SHARES

  • लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई विश्वासको मत

    काठमाडौं। लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनुभएको छ। आज बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत माग्दा ५३ प्रदेशसभा सदस्यले पक्षमा र २९ जनाले विपक्षमा मतदान गरेका हुन्।

    लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो।

    नेपाली कांग्रेसबाट मुख्यमन्त्री बन्नुभएका चौधरीलाई नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टी लगायत सत्तारुढ गठबन्धनमा रहेका ८ दलका प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए।

    नेकपा एमालेका प्रदेशसभा सदस्यले विपक्षमा मत दिए भने राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेशसभा सदस्य तटस्थ बसेका थिए।यसअघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गर्नुभएको थियो ।


    मंगलवार, बैशाख १९ २०८००२:४६:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij