Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

एमाले सांसद कोइरी निलम्बनमा पर्दै, पक्राउ गर्न सहयोग माग्यो प्रहरीले

एमाले सांसद कोइरी निलम्बनमा पर्दै, पक्राउ गर्न सहयोग माग्यो प्रहरीले

  • सोमवार, बैशाख १८ २०८०

  • 569
    SHARES

  • एमाले सांसद कोइरी निलम्बनमा पर्दै, पक्राउ गर्न सहयोग माग्यो प्रहरीले

    काठमाडौं। नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बनमा पर्ने भएका छन्। प्रहरी प्रधान कार्यालयले सांसद कोइरी फरार रहेको भनी दोस्रो पटक संघीय संसद सचिवालयलाई पत्र लेखेको छ ।

    संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार संसदमा दोस्रोपटक प्रहरी प्रधान कार्यालयको पत्र आएको छ। यसअघि प्रहरी प्रधान कार्यालयले गत पुस ७ गते कोइरी फरार रहेको भनी संसद सचिवालयलाई सम्बोधन गरेर पत्र पठाएको थियो ।

    उक्त पत्र प्रतिनिधिसभा नियमावली २०७९ बन्नु भन्दा अगाडि आएकाले नयाँ नियमावली अनुसार स्वीकार गर्न नसकिने सभामुख देवराज घिमिरेले बताउनु भएको थियो । उहाँको यस्तो भनाइ सार्वजनिक भएपछि प्रहरी प्रधान कार्यालयले कोइरी फरार रहेको जानकारीसहितको पत्र संसद सचिवालयमा पठाएको हो ।

    देवराज घिमिरेले सांसदहरुले ध्यानाकर्षण गर्दा सभामुख प्रतिनिधिसभा नियमावली २०७९ बनेपछि कुनै पनि सांसद फरार नरहेको जानकारी औपचारिक रुपमा कुनै निकायले नगराएको बताएउनु भएको थियो। त्यसपछी चौतर्फि यस अभिव्यक्तिको आलोचना भएको थियो ।


    सोमवार, बैशाख १८ २०८००३:४९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij