काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ। पार्टी मुख्यालय बसुन्धारामा जारी बैठकमा उपचुनावमा पार्टीले प्राप्त गरेको जनमत, सरकारलाई दिएको समर्थन तथा सरकारमा सहभागिता र आगामी कार्यदिशाबारे छलफल भइरहेको एक नेताले जानकारी दिएका छन्।
गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा २० वटा सिट जितेको रास्वपाले वैशाख १० गते भएको उपनिर्वाचनबाट थप १ सिट जितेको छ।उपनिर्वाचनमा चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुनः निर्वाचित हुनु भएको छ भने तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी हुनुभएको छ ।
यससँगै प्रतिनिधि सभामा रास्वपाका सांसदको संख्या २१ पुगेको छ। उपनिर्वाचनपछि सत्ता गठबन्धन, विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रास्वपालाई सरकारमा सहभागी हुन फकाउँदै आउनु भएको छ।
प्रधानमन्त्री प्रचण्डले आज पनि चितवनमा आयोजित पत्रकार सम्मेलनमा रास्वपा सरकारमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको थियो ।हिजो मात्र रास्वपा सभापति लामिछानेले पनि प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुभएको थियो ।
यद्यपि आज केन्द्रीय कमिटि बैठक र संसदिय दलको बैठकले सरको समर्थन फिर्ता लिने कि सरकारमा सहभागी हुने अऔपचारीक निर्ण लिने नेताहरुले बताएका छन् ।