काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार पाँचै वर्ष चल्ने दावी गर्नुभएको छ ।आज बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएको हो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारमा सहभागी हुन आह्वान समेत गर्नुभएको हो ।
प्रधानमन्त्री दाहालले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै सभापति लामिछानेलाई सरकारमा आउन सामेत आह्वान गर्नुभएको हो ।
उहाँले भन्नुभयो, ‘सरकारमा आउनुस् भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु पर्यो म खोल्न तयार छु ।’ यसअघि सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थन समेत फिर्ता लिने बताउनुभएको थियो ।