Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

चण्द्र भण्डारी भोली स्वदेश फर्कदै, सचिवालयले दियो विज्ञप्तीमार्फत सबै सुभेच्छुकलाई धन्यवाद

चण्द्र भण्डारी भोली स्वदेश फर्कदै, सचिवालयले दियो विज्ञप्तीमार्फत सबै सुभेच्छुकलाई धन्यवाद

  • शनिवार, बैशाख १६ २०८०

  • 330
    SHARES

  • चण्द्र भण्डारी भोली स्वदेश फर्कदै,  सचिवालयले दियो विज्ञप्तीमार्फत  सबै सुभेच्छुकलाई धन्यवाद

    काठमाडौं । भारतमा उपचाररत नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी भोलि स्वदेश फर्किनुहुने भएको छ । खाना पकाउने ग्यास लिक भएपछी भएको आगोलागीमा परि गम्भिर घाईते भइ भारतको मुम्बईमा उचाररत रहनुभएका सांसद भण्डारी उपचारपछी भोली स्वदेश फर्किन लाग्नुभएको उहाँको सचिवालयले जनाएको छ। सचिवालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको हो । सचिवालयले जारी गरेको विज्ञप्तीमा हालसम्मको उपचारमा सहयोग गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेको छ ।

    सचिवालयद्वारा जारी विज्ञप्तीमा लेखिएको छ, “नेपाली काँग्रेसका नेता एवं गुल्मी जिल्ला क्षेत्र नम्बर १ का सांसद माननीय डा. चन्द्र भण्डारी मिति २०७९ फागुन ३ गते स्वदेशमै प्रारम्भिक उपचारपछि डाक्टरहरूको सल्लाहमा भारतको महाराष्ट्र, मुम्बईस्थित नेशनल बर्न अस्पतालमा उपचारका क्रममा रहेको कुरा यहाँहरु सबैमा अवगत नै छ ।

    डा. भण्डारीलाई त्यहाँका वरिष्ठ चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको थियो। सो दुःखद घटनामा परि डा.भण्डारीले आफ्नी ममतामयी आमालाई गुमाउनु परेको थियो । अहिले डा. चन्द्र भण्डारीको स्वास्थ्य क्रमिकरुपमा सुधार भैरहेको छ ।अब उहाँको थप स्वास्थ्योपचार नेपालमा नै गरिने भएको छ ।

    सांसद डा.भण्डारी २०८० वैशाख १७ गते आइतबार करिब साढे दुई महिना पछि (दिँउसो २ः५५ बजे मुम्बईबाट उडी करिब ५ बजे) नेपाल वायुसेवा निगमको मुम्बई–काठमाण्डौं नियमित उडानबाट नेपाल फर्किदै हुनुहुन्छ । उहाँको स्वास्थ्यलाभको लागि शुभेच्छा प्रकट गर्नुहुने सबै सहृदयीजनहरूप्रति डा. भण्डारीले आभार र धन्यवाद गर्नुभएको छ ।

    साथै उहाँको उपचारका लागि भारतको मुम्बईमा लैजान सहयोग गर्ने नेपाल सरकार, नेपाली काँग्रेस सहित र अन्य पार्टीका आदरणीय नेतागणहरु , काठमाण्डौंको बर्न अस्पताल कीर्तीपुर तथा भारतीय अस्पतालमा उहाँको उपचारमा संलग्न स्वास्थकर्मीहरु , भारतमा रही विभिन्न पेशामा संलग्न नेपाली दाजुभाइ र भारतीय नेतागण , कुटनीतिज्ञ ,स्वदेश तथा विदेशमा रहनुभएका शुभेच्छुकहरु ,प्रवासी संघ संस्थाहरु, परिवारका सदस्यहरु,आफन्तजनहरु,स्वास्थ्य अवस्थाको लगातार अपडेट गरिरहने विभिन्न सञ्चारमाध्यम तथा पत्रकारहरु सबैमा हार्दिक आभार व्यक्त गर्नु भएको छ।”

     


    शनिवार, बैशाख १६ २०८००५:५८:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij