Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

‘सरकारबाट एमाले बाहिरिनासाथ देश ओरालो लाग्यो’: केपी ओली

‘सरकारबाट एमाले बाहिरिनासाथ देश ओरालो लाग्यो’: केपी ओली

  • शनिवार, बैशाख १६ २०८०

  • 329
    SHARES

  • ‘सरकारबाट एमाले बाहिरिनासाथ देश ओरालो लाग्यो’: केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक रूपले देश ओरालो लागिरहेको बताउनु भएको छ ।एमाले पाँचथरद्वारा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले सरकारबाट बाहिरिएपछिको दुई वर्षमा देश आर्थिक रूपले अधोगतितर्फ उन्मुख रहेको बताउनुभएको हो ।

    उहाँले देशको विकास निर्माणको कार्य अवरुद्ध हुने अवस्था सिर्जना भइरहेको बताउनुभयो। मुलुकलाई सही बाटोमा हिँडाउन एमालेले मात्रै सक्ने भएकोले पार्टीलाई बलियो बनाउनतर्फ आम कार्यकर्तालाई लाग्न निर्देशन पनि दिनुभयो। देशको समृद्धि अरू कुनै दलीय सरकारको नेतृत्वमा सम्भव नरहेको उहाँको दाबी छ ।

    मुलुकको हिततर्फ अरू कुनै पार्टी नलागेर एमालेले गरिरहेको राम्रो कामको विरोध मात्रै गरिरहेका उहाँको भनाइ छ । एमालेलाई बिचारमा आधारित अनुशासित, सुदृढ र एकताबद्ध बनाएर देशकै बलियो शक्ति बनाइने उहाँले चर्चा गर्नुभयो ।


    शनिवार, बैशाख १६ २०८००५:२०:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij