Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन, धर्नामा सहभागी हुन माइतीघर पुगे

महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन, धर्नामा सहभागी हुन माइतीघर पुगे

  • शनिवार, बैशाख १६ २०८०

  • 387
    SHARES

  • महावीर पुनको आन्दोलनमा रवि लामिछानेको समर्थन, धर्नामा सहभागी हुन माइतीघर पुगे

    काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा समर्थन जनाउनुभएको छ। हिजोदेखी ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रिनुभएका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने अहिले माइतीघर मण्डला पुग्नुभएको छ। पुन नेतृत्वको टोलीले हिजो रातभर माइतीघर मण्डलामा सुतेर प्रदर्शन गरेको थियो ।

    ‘आफ्नो जायज माग पुरा गर्न, राज्यले सोच्नु पर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईँको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहन्छु, हाम्रोतर्फबाट गर्नुपर्ने काम हामी गर्नेछौँ,’ नवनिर्वाचित सांसद लामिछानेले भन्नुभयो ।

    पुनले आफ्नो माग सम्बोधन नभएसम्म माइतीघर मण्डला नछाड्ने पुनले अडान छ । अविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तीमा १ प्रतिशत रकम छुट्याउनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिनुभएको हो ।


    शनिवार, बैशाख १६ २०८००४:५७:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij