Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

जनमोर्चाको ठोकुवा : ओलीमाथिको आक्रमण संघीयताको दुष्परिणाम

जनमोर्चाको ठोकुवा : ओलीमाथिको आक्रमण संघीयताको दुष्परिणाम

  • शनिवार, बैशाख १६ २०८०

  • 328
    SHARES

  • जनमोर्चाको ठोकुवा : ओलीमाथिको आक्रमण संघीयताको दुष्परिणाम

    काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी कार्यक्रममा भएको आक्रमण संघीयताको दुष्परिणाम भएको बताउनुभको छ। आज एक विज्ञप्ति जारी गरी अध्यक्ष केसिले ओलीमाथि जातिवादीहरुले आक्रमण गरेको भन्दै विरोध जनाउनु भएको हो ।

    ‘हामीले भन्दै आइरहेका छौँ, सङ्घीयता—त्यसमा पनि जातीय सङ्घीयताले नेपालको राष्ट्रिय विखण्डन गर्ने छ। त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि नै आँच पुर्‍याउने छ। अहिले एमाले अध्यक्ष ओलीमाथिको आक्रमण सङ्घीयताको त्यस्तै दुष्परिणाम हो’ केसीले भन्नुभएको छ ।

    झापामा ओली सहभागी कार्यक्रममा कोशी नामकरणको विपक्षमा आन्दोलनरत पक्षले आक्रमण गरेका थिए। कोशी प्रदेशको नामकरणको सन्दर्भमा भइरहेको प्रदर्शनले विखण्डनको अवस्था उत्पन्न गर्ने भन्दै राष्ट्रिय जनमोर्चाले यथाशीघ्र सङ्घीयता खारेज गरी प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्त शासनमाथि आधारित एकात्मक शासन कायम गर्नुपर्ने धारणा राखेको छ ।

    केसीले प्रशासनिक एकाइका रुपमा प्रदेश १ को नाम कोशी राख्नु उपयुक्त नै भएको बताउनुभएकोछ ।


    शनिवार, बैशाख १६ २०८००४:३२:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij