Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचार अनुसन्धानमा हदम्याद राख्ने प्रस्ताव अस्वीकार्यः विश्वप्रकाश शर्मा

भ्रष्टाचार अनुसन्धानमा हदम्याद राख्ने प्रस्ताव अस्वीकार्यः विश्वप्रकाश शर्मा

  • शनिवार, बैशाख १६ २०८०

  • 322
    SHARES

  • भ्रष्टाचार अनुसन्धानमा हदम्याद राख्ने प्रस्ताव अस्वीकार्यः विश्वप्रकाश शर्मा

    काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार अनुसन्धानका लागि पाँच वर्षे हदम्याद राख्ने सरकारको प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ । उहाँले सरकारले संसद्मा पेस गरेको भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा प्रस्ताव गरिएको सो पाँच वर्षे हदम्याद आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको हो ।

    नेपाल विद्यालय कर्मचारी परिषद्ले आज ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो प्रस्ताव सिंगै देशलाई मान्य नहुने पनि बताउनुभयो । महामन्त्री शर्माले भ्रष्टहरुलाई उन्मुक्ति दिने गरी हदम्यादको कुरा राख्न नहुने पनि पटकपटक दोहो¥याउनु भयो।

    उहाँलेले भ्रष्टाचारीलाई कडा भन्दा कडा ढंगले कानुनी र आर्थिक कारबाही गर्न पनि सरकारलाई सचेत गराउनुभयो । महामन्त्री शर्माले भौतिक पूर्वाधारको विकासमा भन्दा पनि मानव संशाधनको विकासमा जोड दिन सरकारलाई सुझाव दिनुभयो ।उहाँले मुलुकको शैक्षिक क्षेत्रको विकासका लागि सरकारले लगानी बढाउनुपर्ने आवश्यक्ता रहेको समेत बताउनुभयो।


    शनिवार, बैशाख १६ २०८००४:१५:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij