Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

पहिचानवादीको आन्दोलनले धनकुटा हिँडेका मुख्यमन्त्री कार्की बिचैबाट फर्किए

पहिचानवादीको आन्दोलनले धनकुटा हिँडेका मुख्यमन्त्री कार्की बिचैबाट फर्किए

  • शनिवार, बैशाख १६ २०८०

  • 331
    SHARES

  • पहिचानवादीको आन्दोलनले धनकुटा हिँडेका मुख्यमन्त्री कार्की बिचैबाट फर्किए

    काठमाडौं। पहिचानबादी पक्षधरहरुले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाइ धनकुटाको भेडेटार जान अबरोध गरेका छन्। एमालेको कोशी प्रदेश भरीका केन्द्रिय सदस्यहरुको बैठकमा भागलिन जानेक्रममा अबरोध गरेपछि कार्की धनकुटा जान पाउनुभएन् ।

    भेडेटारको नाम्जेमा एमालेले आयोजना गरेको कार्यक्रममा एमाले स्थायी समिति सदस्य समेत रहुभएका मुख्यमन्त्री कार्की नाम्जे जाने कार्यक्रम रहेको थियो। मुख्यमन्त्री नाम्जे जाने भएपछी सुनसरी प्रहरीले धरान, इटहरी, दुहबी र चारकोसे जङ्गलमा ब्यापक प्रहरी परिचालन गरेको थियो ।

    तर, कोशी प्रदेश खारेजीको माग राखेर पहिचानवादीहरु सडकमा आन्दोलन गर्न थालेपछि मुख्यमन्त्रीको धनकुटा जाने कार्यक्रम स्थगित भएको प्रहरीले बताएको छ। पहिचानवादीहरुले धरानको विभिन्न स्थानमा भेला भएर मुख्यमन्त्रीविरुद्ध पर्दशन गरेका थिए।


    शनिवार, बैशाख १६ २०८००३:३५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij