Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

ओलीलाई आफ्नै जन्मथलोमा पनि कालो झण्डा

ओलीलाई आफ्नै जन्मथलोमा पनि कालो झण्डा

  • शुक्रवार, बैशाख १५ २०८०

  • 363
    SHARES

  • ओलीलाई आफ्नै जन्मथलोमा पनि कालो झण्डा

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पहिचानवादीहरुले समूहले दैनिक रुपमा कालो झण्डा देखाएका छन्। आज तेह्रथुम बहुप्राविधिक शिक्षालयको भवन उद्घाटन गर्न जाने क्रममा पनि पहिचानवादीहरुले ओलीलाई कालोझण्डा देखाएका हुन् ।

    तेह्रथुमको आठराई–५ छातेढुंगामा कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका पहिचान वादीहरुको समूहले अध्यक्ष ओलीविरुद्ध नाराबाजी गर्दै कालो झण्डा देखाएको थियो।

    नेकपा एमालेका कार्यकर्ताहरु नाराबाजी गर्दै पहिचान वादीको प्रतिकार उत्रिएका थिए। कोशी प्रदेश नामाकरणको विरोधमा उत्रिएका समूहलाई प्रहरीले लाठी चार्ज समेत गरेको थियो। ओली लिम्बु जातिको लोगो सिलाम साक्मा लगाएर जन्मथलो आठराई तेह्रथुम पुग्नुभएको थियो।

    सोही क्रममा उनिहरुले कालो झण्डा देखाएका हुन्। पछिल्ला केहि दिन यता अध्यक्ष ओली पुर्वमा आफ्नो निर्वाचन क्षेत्र तथा गृहजिल्लामा विभिन्न कार्यक्रममा सहभागी हुनुहुन्छ। हिजो पनि ओलीलाई पहिचानवादीहरुले कालो झण्डा देखाएका थिए।


    शुक्रवार, बैशाख १५ २०८००३:२५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij