काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले सपथ लिएकै दिन प्रतिनिधी सभा बैठकमा पहिलो पटक सम्बोधन गर्नुभएको छ।
सम्बोधनमा सांसद डा. वाग्लेले सुरुमा उपनिर्वाचनमा आफूलाई अत्यधिक मत दिएर निर्वाचित गराएको भन्दै तनहुँका मतदातालाई धन्यवाद दिदैँ तनहुँका जनताको विश्वास डगमगाउन नदिने प्रतिबद्धता जनाउनुभएको छ।
उहाँले भन्नुभयो, 'आजै मात्रै शपथ लिएको छु। नवनिर्वाचित सांसद हुँ। हालै निर्वाचनमा मलाई भारी मत र मतान्तरसहित विजयी बनाएर प्रतिनिधिसभामा पठाउनु भएका तनहुँ क्षेत्र नम्बर १ का मतदाताप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु। उहाँहरूको स्नेह,विश्वास र भरोसलाई म डगमगाउन दिने छैन।'
वाग्ले नेपाली कांग्रेस त्यागेर बैशाख १० गतेको उपनिर्वाचन संघारमा रास्वपा प्रवेश गरेर तनहुँ १ बाट निर्वाचनमा प्रतिष्पर्धा गर्नुभएको थियो।
त्यसपछी उहाँले नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई भारी मतान्तरले हराउँदै निर्वाचित बन्नुभएको हो। उपनिर्वाचनबाट सांसद बन्नुभएका डा.वाग्ले आजै सपथ ग्रहण गरेर संसदमा सहभागी बन्नुभएको थियो ।