काठमाडौं । प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज मध्यरातबाट अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतको अनुसार अहिले जारी बैठक हिउँदे अधिवेशनको अन्तिम बैठक हुदैछ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अन्मिनको प्रमाणीकरणमा अयोग्य ठहर भएका लडाकूहरुलाई रकम दिने विषयमा सरकारको ध्यानाकर्षण गराउँदै छ ।
त्यसमा सरकारले जवाफ दिने कार्यसुची छ। सभामुखले १० वटा विषयगत समितिमा रहने सदस्यहरु पनि जानकारी गराउने अर्को कार्यसूची छ ।
तर संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउन विशेष समिति भने नबन्ने भएको छ।प्रमुख तीन दलबीच केही दिन पहिले विशेष समिति बनाउने सहमति भएको थियो।
तर प्रमुख प्रतिपक्षी एमालेले अहिले तयार नभएकाले आजको बैठकले समिति नबनाउने सत्तारुढ दलका एक सांसदले जानकारी दिए।