काठमाडौं। गण्डकि प्रदेश र लुम्बिनी प्रदेका नवनियुक्त मुख्यमन्त्रीहरुले सपथ लिनुभएका छ। गण्डकीमा कांग्रेस संसदिय दलका नेता सुरेन्द्रराज पाण्डे र लुम्बिनीमा कांग्रेसकै डिल्लीबहादुर चौधरीले आज पद तथा गोपनियताको सपथ लिनुभएको हो ।
नवनियुक्त मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरूङसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको हो। प्रदेश प्रमुख गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम २ वा २ भन्दा बढी दलको समर्थनमा बहुमत जुटाएका प्रदेश सभा सदस्यका हैसियतमा पाण्डेलाई हिजो मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।
सत्ता साझेदार दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच आलोपालो सरकारको नेतृत्व लिने सहमतिअनुसार पाडे मुख्यमन्त्री बन्नुभएको छ ।पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र स्वतन्त्र जितेर एकिकृत समाजवादी प्रबेश गरेका एक गरी ३५ सांसदको समर्थन छ।
यसैबीच गण्डकी सरकारमा आज नै पहिलो पटक दुई महिला माओवादीबाट सुशीला सिम्खडा र कांग्रेसबाट सरस्वती अर्याल तिवारी मन्त्री बन्नुभएको छ ।
यस्तै, लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री चौधरीले पनि प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनियताको शपथ लिनुभएको छ।चौधरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम हिजो मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३–३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) का एक–एकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ । मुख्यमन्त्रीसँगै तीन मन्त्रीले विना विभागीय मन्त्रीले पनि सपथ लिएका छन् ।