काठमाडौं। गत वैशाख १० गते आईतबार सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले शपथग्रहण गर्नुभएको छ । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेले आज शपथग्रहण गर्नुभएको हो ।
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउनुहुँदै सांसदको लोगो वितरण गर्नुभएको छ । बारा–२ बाट निर्वाचित उपेन्द्र यादवको शपथग्रहण भने आज हुन सकेन ।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछी र चितवन–२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादले पदमुक्त भएपछी उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिनुभएको हो ।