काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज शपथ ग्रहण गर्दै हुनुहुन्छ ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सवा १२ बजे प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग शपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जानकारी दिनुभयो ।
आज मुख्यमन्त्रीसँगै केही मन्त्रीको शपथ हुने माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले बताउनुभयो । अहिले कति मन्त्रीले शपथ लिने भन्ने टुंगो लागि नसकेकोले मन्त्रालयको भागबण्डा टुंग्याएर मन्त्रीको शपथ हुने उहाँको भनाइ छ ।
गण्डकीमा माओवादी र काग्रेसमा कसले पहिले नेतृत्व गर्ने विवादकाबीच कांग्रेसका पाण्डे मुख्यमन्त्री बन्नुभएको हो । पाण्डेले गण्डकीमा आलोपालो मुख्यमन्त्री हुने सहमति भएको बताउनुभयो ।