Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

  • बिहिवार, बैशाख १४ २०८०

  • 382
    SHARES

  • गण्डकीको नयाँ मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे

    काठमाडौं। गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनु भएको छ । उहाँलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्ति गर्नुभएको हो।

    गोरखा २ ‍(२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पाण्डेले नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा ३५ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी गर्नुभएको हो।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा बहुमतका लागि ३१ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८ (सभामुखसहित) र राप्रपाका २ र एक स्वतन्त्र सांसद छन् । सत्ता साझेदार कांग्रेस र माओवादी मिल्दा सरकार बन्न सक्छ । उक्त गठबन्धनलाई एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र सांसदको पनि साथ छ ।


    बिहिवार, बैशाख १४ २०८००३:५६:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij