Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

भूमि समस्या समाधानमा क्रान्तिकारी निर्णय लिन्छौं : प्रधानमन्त्री प्रचण्ड

भूमि समस्या समाधानमा क्रान्तिकारी निर्णय लिन्छौं : प्रधानमन्त्री प्रचण्ड

  • बिहिवार, बैशाख १४ २०८०

  • 421
    SHARES

  • भूमि समस्या समाधानमा क्रान्तिकारी निर्णय लिन्छौं : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्या समाधान गर्न सम्भव भएको बताउनु भएको छ ।

    आज भूमि आयोगका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उहाँले यस्तो बताउनु भएको हो। प्रधानमन्त्री प्रचण्डले भूमिसम्बन्धी समस्या समाधानका निम्ति सरकार गम्भीर रहेकाले सोही बमोजिम कार्यसम्पादन गर्न आयोगलाई निर्देशन समेत दिनुभयो ।

    गाँस र बास जनताको पहिलो आवश्यकता भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसलाई गम्भीरताका साथ बुझेर काम गर्न पनि निर्देशन दिनुभयो ।

    छलफलका क्रममा उहाँले सुकुम्वासी,अव्यवस्थित बसोबासी लगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन अगोगका पदाधिकारीलाई निर्देशन दिनुभयो । उहाँले धेरै वर्षदेखि एउटै समस्यामा अल्झिरहेकाले त्यसलाई सदाका लागि समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।


    बिहिवार, बैशाख १४ २०८००३:४७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij