Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता डिल्लीबहादुर चौधरीको दाबी पेस

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता डिल्लीबहादुर चौधरीको दाबी पेस

  • बिहिवार, बैशाख १४ २०८०

  • 346
    SHARES

  • लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका नेता डिल्लीबहादुर चौधरीको दाबी पेस

    काठमाडौं । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गर्नुभएको छ ।

    नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उहाँले दाबी पेस गर्नुभएको हो ।

    चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ ।

    यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३–३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १र१ जनासहित ५३ जनाको समर्थन छ । माओवादीका ११ मध्ये एक जना तुलाराम घर्ती सभामुख छन् ।

    ८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ । चौधरी दाङको निर्वाचन क्षेत्र नम्बर ३ (१)बाट निर्वाचित हुनुभएको हो । यसअघि पनि निर्वाचित उहाँले अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गर्नुभएको थियो ।


    बिहिवार, बैशाख १४ २०८००१:५९:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij