Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

  • बुधवार, बैशाख १३ २०८०

  • 336
    SHARES

  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुन थालेको छ। भारतको राजधानी नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टीच्युट अफ मेडिकल साइन्सेस(एम्स) मा उपचाररत रहनुभएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुदै जान थालेको राष्ट्रपतिको कार्यलयले जानकारी दिएको छ ।

    आज साँझ एक सुचना जारी गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले उहाँको स्वास्थ्य परिक्षणसंबन्धी केहि रिपोर्टहरु आउन बाँकी रहेको चिकित्सकहरुले बताएको जनाउदै राष्ट्रपतिको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको बताउनु भएको हो ।

    “छातीको इन्फेक्सनका कारण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भई लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएपछि चिकित्सकको सुझावअनुसार उहाँको भारतीय सरकारी अस्पताल एम्समा उपचार भइरहेको सर्वविदितै छ”, विज्ञप्तिमा भनिएको छ ।

    343587081_176142085370522_768552832090690700_n (1).jpg


    बुधवार, बैशाख १३ २०८००७:२६:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij