काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा–२ बाट विजयी हुनु भएका उपेन्द्र यादवलाई शुभकामना तथा बधाई दिनु भएको छ ।
गत वैशाख १० गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बारा–२ बाट विजयी हुनु भएका यादवलाई बुधबार बिहान सामाजिक सञ्जालबाट राउतले बधाई दिनु भएको हो ।
‘जसपाका अध्यक्ष श्री उपेन्द्र यादवज्यूलाई बारा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनमा विजयी हुनु भएकोमा उहाँलगायत जसपाका सम्पूर्ण नेता, कार्यकर्ता र शुभचिन्तकहरूलाई हार्दिक बधाई,’ राउतले बधाई दिँदै भन्नुभयो, ‘निर्वाचन हो, ३४ जना उम्मेदवारमध्ये एउटाले न जित्ने हो । अन्य पार्टीहरूले पनि लोकतन्त्रप्रति आफ्नो जिम्मेबारी सहृदयताका साथ वहन गरेको छ ।’