Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

  • मंगलवार, बैशाख १२ २०८०

  • 539
    SHARES

  • रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त

    काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। आजको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको सांसद पद रिक्त रहेको जानकारी गराउनु भएको हो ।

    घुस मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सांसद श्रेष्ठलाई पदमुक्त गराउन सङ्घीय संसद सचिवालयमा पत्राचार गरेको थियो। रास्वपाको सोही निर्णय बमोजिम उहाँको पद रिक्त भएको सभामुख घिमिरेले बताउनुभयो ।

    सभामुख घिमिरेले भन्नुभयो,‘‘राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्य डा. ढाकाकुमार श्रेष्ठलाई सम्बन्धित संसदीय दलले पार्टीको साधारण सदस्यताबाट निस्काशन गरेको र सो निर्णय बमोजिम निजको सांसद पद रिक्त हुने भनि निर्णयसहितको सूचना राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम सङ्घीय संसद सचिवालयमा दिएकाले सोही ऐनको दफा ३५ बमोजिम सभालाई जानकारी गराउँछु। साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३६ बमोजिम प्रतिनिधिसभा सदस्यको उक्त स्थान रिक्त भएको व्यहोरा समेत माननीय सदस्यहरुलाई जानकारी गराउँछु।’’

    श्रेष्ठ रास्वपाको समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य हुनु भएको थियो ।


    मंगलवार, बैशाख १२ २०८००४:२२:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij