Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

रवि लामिछाने भन्छन्ः हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए

रवि लामिछाने भन्छन्ः हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए

  • मंगलवार, बैशाख १२ २०८०

  • 557
    SHARES

  • रवि लामिछाने भन्छन्ः हामीमाथि अनेक लाञ्छना लगाउनेलाई जनताले एकमुष्ट जवाफ दिए

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूमाथि लगाएको आरोपको जवाफ चितवनवासीले दिएको बताउनुभएको छ ।

    चितवन २ बाट भारी मतान्तरले निर्वाचित भएपछि उहाँले निर्वाचनको क्रममा आफूहरूमाथि गरेको अपमानको जवाफ जनताले दिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, ‘निर्वाचनको क्रममा हामीमाथि विभिन्न लाञ्छना लगाएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाएका छन् । अपमान गरेका छन् । सार्वजनिक अभिव्यक्ति नै सुन्न नसक्नेछन् । व्यक्तिगत तहमै उत्रिएर गालीगलौज गरेका छन् । कतिपयल जवाफ दिनुस् भन्नुहुन्थ्यो । तर, मैले भन्ने गर्थें यसको जवाफ मैले राख्नु पर्दैन चितवनवासीले राखेका छन् भनेर । आज सबैको जवाफ एकमुष्टरूपमा चितवनले स्वस्तिक छाप लगाएर दिएको छ ।’

    निर्वाचनको क्रममा आफ्ना समर्थकबाट भएको गल्तीमा उहाँले माफी माग्नुभयो । उहाँले अब चितवनको विकासमा लाग्ने प्रण गर्नुभयो ।


    मंगलवार, बैशाख १२ २०८००२:५२:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij