काठमाडौं । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।
आज दिउँसो २ः१५ को अध्यावधिक विवरणअनुसार जसपाका उम्मेदवार उपेन्द्र यादवले १५१८३ मत पाउनुभएको छ । हालसम्म ३५३१२ मत गणना सम्पन्न हुँदा यादवले अगता कायमै राख्नुभएको हो ।
यस्तै दोस्रो स्थानमा रहनुभएका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत पाउँदा एमालेका पुरुषोत्तम पौडेलले ५ हजार २७ मत र रास्वपाका रमेश खरेलले २ हजार ९५ मत पाउनुभएको छ ।