काठमाडौं । बारा–२ को मतगणनाको पछिल्लो परिणाम अनुसार जसपाका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै रहेको छ ।
उपनिर्वाचनको पछिल्लो मत गणनाको परिणाम अनुसार जसपाका अध्यक्षसमेत रहनु भएका यादवले ८ हजार ८ सय ८१ मत प्राप्त गर्नुभएको छ भने जनमत पार्टीका शिवचन्द्र कुशवाहले ६ हजार १ सय ७९ त्यस्तै, नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले ३ हजार ५ सय ३८ मत प्राप्त गर्नुभएको छ ।