काठमाडौं । चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अग्रता बनाउनुभउको छ ।
अहिलेसम्म इच्छाकामना गाउँपालिका वडा नम्बर–१ र ३ को मतगणना सकिएको छ । यी दुई वडाका दुई हजार ४८४ मत गन्दा लामिछानेले एक हजार १५५ मत पाउनुभएको छ ।
दोस्रो स्थानमा रहेका नेकपा (एमाले)का उमेदवार रामप्रसाद न्यौपानेले ६६५ मत ल्याउनुभएको छ । नेपाली कांग्रेसका उमेदवार जीतनारायण श्रेष्ठ ५८८ मतसहित तेस्रो स्थानमा छन् ।
अब इच्छाकामना–२ को मतगणना हुनेछ ।