काठमाडौं । चितवन क्षेत्र नम्बर २ को सबै मतपेटिका मतगणनास्थलमा पुर्याइएको छ ।
आइतबार (आज) उपनिर्वाचनअन्तर्गत मतदान सम्पन्न भएपछि मतपेटिका चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा लगिएको हो । अब मतगणनाबारे निर्णय गर्न सर्वदलीय बैठक बस्न लागेको छ । निर्वाचन आयोगका जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीले सर्वदलीय बैठक बस्न लागेको जानकारी दिनुभयो ।
यद्यपी कांग्रेसले आफूले दायर गरेको उजुरीमा छानबिन नभएसम्म मत गणना हुन नदिने जनाएको छ ।