Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

चितवन–२ मा आज रातिदेखि नै मतगणना हुने

चितवन–२ मा आज रातिदेखि नै मतगणना हुने

  • आइतवार, बैशाख १० २०८०

  • 529
    SHARES

  • चितवन–२ मा आज रातिदेखि नै मतगणना हुने

    काठमाडौं । आइतबार (आज) सम्पन्न उपनिर्वाचनको मतगणना चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका संकलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिने बताउनुभयो ।

    उहाँका अनुसार चितवन २ मा निर्धारित समयमा ६१ प्रतिशत मत खसेको छ । केही स्थानमा मतदान स्थलभित्र पसिसकेका मतदाताले मतदान गर्न बाँकी रहेकाले केही बढ्न सक्ने उहाँको भनाइ छ ।

    चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

    चिवतन २ मा गत मंसिर ४ को निर्वाचनमा ६८ प्रतिशत अर्थात ८४ हजार १७ मत खसेको खसेको थियो ।

    मतगणना उद्योग संघ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ । मतगणना ७ स्थानमा गरेर चाँडै नजिता दिइने आचार्यको भनाइ छ ।


    आइतवार, बैशाख १० २०८००६:१९:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij