Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने

रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने

  • आइतवार, बैशाख १० २०८०

  • 826
    SHARES

  • रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मतदान गर्न नपाउने

    काठमाडौं । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेले र रामप्रसाद न्यौपानेले मताधिकार प्रयोग गर्न नपाउने भएका छन् ।

    उनीहरुको नामावली चितवन क्षेत्र नम्बर २ मा नहरेकाले मताधिकार प्रयोग गर्न नपाउने भएका हुन् । लामिछाने रास्वपाबाट उम्मेदवार छन् भने न्यौपाने एमालेका उम्मेदवार हुन् । यस्तै कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले भने मत खसालिसकेका छन् ।

    यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ क्षेत्र नम्बर १ को उम्मेदवार रहेका डा स्वर्णिम वाग्लेले आफैलाई मतदान गर्न भने नपाउने हुनुभएको छ ।

    उहाँको तनहुँ बाहिर मतदाता नामावली रहेकाले आफैँलाई मतदान गर्न नपाउने हुनुभएको हो ।

     


    आइतवार, बैशाख १० २०८००७:५०:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij