Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु

तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु

  • आइतवार, बैशाख १० २०८०

  • 401
    SHARES

  • तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु

    काठमाडौँ । तीनै निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचन आयोगका अनुसार बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा मतदान सुरु भएको हो ।

    आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेका अनुसार आज साँझ ५ बजेसम्म मतदान जारी रहने छ । आफ्नो तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतको सदुपयोग गर्न आयोगले आह्वान गरेको छ ।

    आयोगले मतदानका दिन पनि आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइएको जनाएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमनको कार्य भइरहेको आयोगले जनाएको छ ।


    आइतवार, बैशाख १० २०८००७:१७:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij