Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

बालेन शाहको चेतावनी : छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्छु

बालेन शाहको चेतावनी : छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्छु

  • शनिवार, बैशाख ९ २०८०

  • 546
    SHARES

  • बालेन शाहको चेतावनी : छात्रवृत्ति उपलब्ध नगराउने विद्यालयलाई कारबाही गर्छु

    काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरभित्र पर्ने निजी तथा संस्थागत विद्यालयहरुलाई आफूले उपलब्ध गराउनुपर्ने छात्रवृत्ति नियमसंगत रुपमा उपलब्ध गराउन ध्यानाकर्षण गराउनु भएको छ।

    छात्रवृत्तिसँग सम्बन्धित सम्पूर्ण जानकारी विद्यालयको वेबसाइट तथा सूचनापाटीमा टाँस गरी अभिभावक र विद्यार्थीहरुलाई सूचित गराउन पनि उहाँले अनुरोध गर्नुभएको छ।

    नियमको पालना गर्न र गराउन सम्बन्धित विद्यालय, अभिभावक तथा सरोकारवालालाई अनुरोध गर्दै उहाँले नियम संगत छात्रवृत्ति उपलब्ध नगराएमा कानुन बमोजिम कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ ।

    उहाँले काठमाडौं महानगरपालिका शिक्षा व्यवस्थापन नियमावली २०७४, ५८ र ५९ को प्रावधान अनुसार निजी तथा संस्थागत विद्यालयले छात्रवृत्ति उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।

    जसअन्तर्गत प्रत्येक कक्षामा प्रथम, द्वितीय हुने, जेहेन्दार, विपन्न, असहाय तथा गरिब, अपांग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित र शहीद परिवारका विद्यार्थी पर्छन्।


    शनिवार, बैशाख ९ २०८००३:२५:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij