Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

नेपाल–रुस सम्बन्धलाई विशेष महत्व दिएका छौं : अध्यक्ष गणेश तिमिल्सिना

नेपाल–रुस सम्बन्धलाई विशेष महत्व दिएका छौं : अध्यक्ष गणेश तिमिल्सिना

  • शनिवार, बैशाख ९ २०८०

  • 366
    SHARES

  • नेपाल–रुस सम्बन्धलाई विशेष महत्व दिएका छौं : अध्यक्ष गणेश तिमिल्सिना

    काठमाडौं। राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपालले रुससँगको सम्बन्धलाई विशेष महत्व दिँदै आएको बताउनु भएको छ ।

    रुसको औपचारिक भ्रमणमा रहनुभएका अध्यक्ष तिमिल्सिनाले रुसी अन्तर्राष्ट्रिय सम्बन्ध संस्थानमा विद्यार्थीहरुलाई सम्बोधन गर्दै नेपालले रुससँग सम्बन्धलाई उत्कृष्ट तरिकाले महत्व दिँदै आएको बताउनु भएको हो ।

    उहाँले छिमेकी चीन र भारतले हालै रुससँग आफ्नो व्यापारको मात्रा बढाएका चर्चा गर्दै नेपाल र रुसबीचको ब्यापार र रुसबाट नेपाल आउने पर्यटकको संख्या बढाउने उपायहरु पनि खोज्ने आसा व्यक्त गर्नुभयो ।

    नेपाल र रुस दुई देशले कूटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक काम भएपछि दुई देशका बीच धेरै उच्च आदान–प्रदान भएको स्मरण गर्दै अध्यक्ष तिमिल्सिनाले सोभियत संघले नेपाललाई अस्पताल, सडक, जलविद्युत आयोजना र कारखाना निर्माणमा सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो।


    शनिवार, बैशाख ९ २०८००१:२३:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij