काठमाडौं। नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले नराम्रो व्यवहारको प्रयोग भए उपनिर्वाचनपछि सत्ता गठबन्धनको स्वास्थ्य बिग्रन सक्ने बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टीको ७४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन जनकपुरधाम जानुभएका नेता खनालले यस्तो बताउनुभएको हो।
उहाँले मिलेर जाने कुरा बेग्लै भएपनि एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकीकरण गर्ने सम्भावना नरहेको स्पष्ट पार्नुभयो।
उहाँले आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको समेत बताउनुभयो। उहाँले वामपन्थी शक्तिहरु मिल्नुको विकल्प नरहेको समेत बताउनुभयो ।
देशको विभिन्न क्षेत्रहरु जस्तै पवित्रधाम जनकपुरबाट आफूले वामपन्थीहरुको एकताका लागि आग्रह र आह्वान गर्ने बताउनुभयो । राष्ट्रियता माथि संकट बढिरहेको पनि नेता खनालले बताउनुभयो ।