Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

“बर्तमान म्यादी सरकारको आयु धेरै छैन, छिट्टै बिदा गर्नुपर्छ” : केपी ओली

“बर्तमान म्यादी सरकारको आयु धेरै छैन, छिट्टै बिदा गर्नुपर्छ” : केपी ओली

  • बिहिवार, बैशाख ७ २०८०

  • 395
    SHARES

  • “बर्तमान म्यादी सरकारको आयु धेरै छैन, छिट्टै बिदा गर्नुपर्छ” : केपी ओली

    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार म्यादी सरकार भएकोले छिट्टै ढल्ने दावी गर्नुभएको छ।

    बारा क्षेत्र नम्बर–२ मा आयोजित चुनावी सभामा सम्बोधन गर्दै उहाँले आज सरकारलाई म्यादीको संज्ञा दिदैं धेरै नटिक्ने बताउनुभएको हो।

    उहाँले भन्नुभयो, “म्यादी सरकार, यो आफैं ढल्छ, हामीले ढाल्छौं भनेको छैन, हामी यो सरकारलाई हात पनि लगाउँदैनौं, आपसमै ठीक भइहाल्छ,धेरै चल्नेवाला होइन् केही दिनको मेहमान हो ।”उहाँले गठबन्धन कायम रहे वृद्धभत्ता समेत कट्टा हुने भन्दै यो सरकारलाई बिदा गर्नुपर्ने बताउनुभयो ।

    ओलीले प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल काम छाडेर किन कार्यक्रममा आएको भन्दै प्रश्न समेत गर्नुभयो । ओलीले आफू सरकारमा हुँदा राम्रा काम गरेको भन्दै तीन नेताले गरेको राम्रो काम के हो ? भन्दै प्रश्न गर्नुभयो ।


    बिहिवार, बैशाख ७ २०८००४:५७:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij