Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

कर्णाली प्रदेशका तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै

कर्णाली प्रदेशका तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै

  • बुधवार, बैशाख ६ २०८०

  • 254
    SHARES

  • कर्णाली प्रदेशका तीन मन्त्रीले आज शपथ ग्रहण गर्दै

    काठमाडौं । कर्णाली प्रदेशमा हिजो सिफारिस गरिएका नेपाली कांग्रेसका तीन मन्त्रीको शपथ आज हुँदैछ । हिजो दिउँसो बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले यसअघि नेकपा एमालेले सम्हालेका तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी कृष्ण कुमार बिसी, खड्ग बहादुर पोखरेल र बेदराज सिंहलाई सरकारमा पठाउने निर्णय गरेको हो ।

    सिंहले आर्थिक मामिला तथा योजना, पोखरेलले सामाजिक विकास र बिसीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।

    तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मा समक्ष सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।

    सरकारका प्रवक्ता कृष्णबहादुर जिसीले आ शपथ गराउने तयारी भइरहेको बताउनुभयो । प्रदेशसभामा १४ सिटसहित पहिलो दल रहेको कांग्रेसले अबको अढाई वर्षपछि मात्रै सरकारको नेतृत्व पाउने र अहिले माओवादी नेतृत्वकै सरकारमा सहभागिता जनाउने भएको हो ।


    बुधवार, बैशाख ६ २०८००८:४०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij