काठमाडौं। अन्नपूर्ण हिमाल आरोहणका क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको छ। एकजना वेपत्ता छन् भने अर्का एकजनाको उद्दार गरिएको छ।आरोहणमा गएका तीनैजना भारतीय नागरिक हुन्।
काठमाडौंको पायनर ट्रेकिङ कम्पनीमार्फत् अन्नपूर्ण आरोहणमा गएका भारतका बालजितको सात हजार ५०० मिटर उचाईबाट कैलाश एयरको हेलिकोप्टरले जिवितै उद्दार गरेका हो ।
यस्तै सेभेन समिट ट्रेकबाट आरोहणमा भएका नोयल नाम गरेका आरोहीको शव छ हजार मिटरको उचाईबाट आधार शिविरमा झारिएको छ। नोयल र बालजित आज बिहानदेखि बेपत्ता थिए । सेभेन समिटबाट आरोहणमा गएका भारतको राजस्थानको किशनगढका ३४ वर्षीय अनुराग मालु अझै भेटिएका छैनन् ।
उद्दार गरिएका आरोही र मृतकको शवलाई आधार शिविरबाट काठमाडौं ल्याईदै छ। आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालमा शनिबारदेखि चालु वर्षको वसन्त ऋतुको आरोहण सुरू भएको थियो ।