Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

तनहुँ र चितवनमा कांग्रेस उम्मेदवार जिताईदिन देउवाको पत्र

तनहुँ र चितवनमा कांग्रेस उम्मेदवार जिताईदिन देउवाको पत्र

  • मंगलवार, बैशाख ५ २०८०

  • 707
    SHARES

  • तनहुँ र चितवनमा कांग्रेस उम्मेदवार जिताईदिन देउवाको पत्र

    काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी १० बैशाखमा हुने प्रतिनिधि सभाको उप–निर्वाचनमा तनहुँ–१ र चितवन–२ मा रहेका आफ्ना उम्मेदवारलाई जिताउनका लागि सत्ता गठबन्धनमा आबद्ध दलहरुलाई पत्र पठाउनुभएको छ।

    सत्तारुढ गठबन्धनका प्रमुख पाँच दलका शीर्ष नेताले यसअघि पनि आफ्ना पार्टी पंक्तिलाई सार्वजनिक रुपमै गठबन्धनका साझा उम्मेदवारलाई जिताउन निर्देशन जारी गराएका थिए।

    आज कांग्रेस सभापति देउवाले छुट्टै पत्र लेख्दै वर्तमान सरकारलाई समर्थन गरेका दलहरुलाई कांग्रेसका उम्मेदवारको पक्षमा प्रभावकारी ढंगले लागिदिन अनुरोध गर्नुभएको हो।

    देउवाले नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्षलाई यस्तो पत्र पठाउनु भएको छ।

    उपनिर्वाचनमा सत्ता गठबन्धन दलबाट तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई र चितवन–२ मा जीतनारायण श्रेष्ठ उम्मेदवार हुनुहुन्छ। देउवाले सत्ता गठबन्धनमा आबद्ध ९ दलका पार्टीलाई साझा उम्मेदवार जिताउनका लागि तल्लो तहसम्म परिचालन गरिदिन अनुरोध पनि गर्नुभएको छ ।


    मंगलवार, बैशाख ५ २०८००२:५०:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij