Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

राप्रपाको चेतावनीः ‘मिटरब्याज पीडितका माग सम्बोधन नभए सडक संघर्ष गछौं’

राप्रपाको चेतावनीः ‘मिटरब्याज पीडितका माग सम्बोधन नभए सडक संघर्ष गछौं’

  • मंगलवार, बैशाख ५ २०८०

  • 274
    SHARES

  • राप्रपाको चेतावनीः ‘मिटरब्याज पीडितका माग सम्बोधन नभए सडक संघर्ष गछौं’

    काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मिटरब्याज पीडितको माग पुरा नगरे सडक संघर्षमा जाने चेतावनी दिएको छ ।

    आज प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हिजो काठमाडौंको शान्तिबाटिकामा प्रहरी र मिटरब्याज पीडितहरुबीच भएको झडपको भत्र्सना गर्दै यस्तो चेतावनी दिनुभएको हो ।

    न्यायको माग गर्दै आएका मिटरव्याज पीडितहरुलाई सरकारले निर्मम ढंगले आक्रमण गरेको भन्दै उहाँले झडपको घटनाप्रति निन्दा र भत्र्सना गर्नुभयो ।

    अध्यक्ष लिङ्देनले चेतावनी दिँदै भन्नुभयो, ‘सरकारले मिटरब्याज पीडितहरु र तराइमा आन्दोलनरत हरवाचरवाहरुको मागलाई समयमै सम्बोधन गरोस्।अन्यथा जिम्मेवार राजनीतिक पार्टीको नातो राप्रपा उनीहरुको साथमा सडक संघर्षमा जाने समेत घोषणा गर्न चाहन्छु ।’

    गरिब र सर्वहारा वर्गको अधिनायकत्व स्थापना गर्ने सपना देखाएको पार्टी (नेकपा माओवादी केन्द्र) र उसको नेतृत्व प्रधानमन्त्री भएका बेला गरिब र निमुखाहरुमाथि बर्बर आक्रमण हुनु दुखद रहेको उहाँले बताउनुभयो ।


    मंगलवार, बैशाख ५ २०८००२:१२:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij