Nov 10 2026 | २०८३, कार्तिक २५ गते

२०८३, कार्तिक २५ गते
  • यो साता चर्चामा :
images

प्रधानमन्त्रीको आह्वानमा आगामी शुक्रबार संवैधानीक परिषद्को बैठक बस्दै

प्रधानमन्त्रीको आह्वानमा आगामी शुक्रबार संवैधानीक परिषद्को बैठक बस्दै

  • मंगलवार, बैशाख ५ २०८०

  • 301
    SHARES

  • प्रधानमन्त्रीको आह्वानमा आगामी शुक्रबार संवैधानीक परिषद्को बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी शुक्रबारका लागि संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ ।

    शुक्रबार बिहान ९ बजेको लागि डाकिएको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्नसक्ने बताइएको छ ।
    संवैधानिक परिषद्मा प्रधानमन्त्रीसहित सभामुख, प्रमुख प्रतिपक्षी दलका नेता, राष्ट्रिय सभा अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

    बैठक आह्वानका लागि सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसहित कांग्रेसका सभापति देउवा, एमाले अध्यक्ष ओली र सभामुख देवराज घिमिरेबीच छलफल भएको थियो । सोही बैठकमा संवैधानिक परिषद्को बैठक बोलाउने र प्रधानन्यायाधीशको विषयमा निर्णय गरेर अगाडि बढ्ने सहमति भएको थियो ।


    मंगलवार, बैशाख ५ २०८००८:३८:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij